95 - The Fig - At-Tīn
:1
१) इंजीरको कसम र जैतूनको ।
:2
२) र तूरे सीनीनको ।
:3
३) र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।
:4
४) हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।
:5
५) फेरि निकृष्टतम दशातिर फर्कायौं ।
:6
६) तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।
:7
७) अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ ।
:8
८) के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन ?