सबै इस्लाम पुस्तकालय

1 - The Opener - Al-Fātiĥah

:1

१) शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।

:2

२) समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।

:3

३) अत्यन्त दयालु अति कृपालु हो ।

:4

४) प्रतिफल (कयामत)को दिनका स्वामी हो ।

:5

५) हामी तिम्रै उपासना गर्दछौं र तिमीसंग मात्र मद्दत चाहन्छौं ।

:6

हामीलाई सोझो (सच्चा) बाटो देखाऊ ।

:7

७) उनीहरूको बाटो जसलाई तिमीले पुरस्कृत गर्यौ तिनीहरूको होइन जसमाथि तिम्रो क्रोध भयो, र न पथभ्रष्टहरूको (बाटो) ।