सबै इस्लाम पुस्तकालय

94 - The Relief - Ash-Sharĥ

:1

१) के हामीले तिम्रो छाती खोलिदिएनौं ?

:2

२) र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।

:3

३) जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।

:4

४) र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।

:5

५) निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।

:6

६) निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।

:7

७) जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर,

:8

८) र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।