सबै इस्लाम पुस्तकालय

93 - The Morning Hours - Ađ-Đuĥaá

:1

१) सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध ।

:2

२) र कसम छ, रात्री को जब छाउँछ ।

:3

३) तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ ।

:4

४) निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।

:5

५) तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ ।

:6

६) के उसले तिमीलाई अनाथ पाएर शरण दिएन ?

:7

७) र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन ।

:8

८) र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।

:9

९) तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु ।

:10

१०) र माँग्नेवालालाई हप्काउने नगर्नु ।

:11

११) र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु ।