सबै इस्लाम पुस्तकालय

92 - The Night - Al-Layl

:1

१) रात्रीको कसम, जब ढाक्छ ।

:2

२) र दिनको कसम, जब कि चम्किन्छ ।

:3

३) र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।

:4

४) निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।

:5

५) तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) ।

:6

६) र राम्रो कुराको पुष्टि गर्दैगर्यो ।

:7

७) त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं ।

:8

८) तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।

:9

९) र असल कुराको उपहास गर्यो ।

:10

१०) त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।

:11

११) त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।

:12

१२) निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।

:13

१३) र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।

:14

१४) मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।

:15

१५) जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।

:16

१६) जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।

:17

१७) र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।

:18

१८) जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।

:19

१९) र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।

:20

२०) बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि) ।

:21

२१) निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी भैहाल्नेछ ।