सबै इस्लाम पुस्तकालय

91 - The Sun - Ash-Shams

:1

१) सूर्यको कसम र त्यसको तापको ।

:2

२) र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ ।

:3

३) र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।

:4

४) र रातीको कसम जब उसलाई लुकाउँछ ।

:5

५) आकाश र त्यसलाई बनाउनेको कसम ।

:6

६) कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।

:7

७) कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को ।

:8

८) फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।

:9

९) जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।

:10

१०) र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।

:11

११) समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।

:12

१२) जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।

:13

१३) (तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।

:14

१४) तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूका पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो ।

:15

१५) उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन ।