सबै इस्लाम पुस्तकालय

90 - The City - Al-Balad

:1

१) हामीलाई यस नगर (मक्का) को कसम ।

:2

२) र तपाई यसै नगरमा त बस्नु हुन्छ ।

:3

३) र मानवीय बाबु र उसको सन्ततिको कसम ।

:4

४) निःसन्देह हामीले मानिसलाई धेरै दुःखमा पैदा गरेका छौं ।

:5

५) के उसले यो ठान्दछ कि उसमाथि कसैको नियन्त्रण छैन ।

:6

६) भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ ।

:7

७) के उसलाई यो लाग्दछ कि कसैले उसलाई देखेन ।

:8

८) के हामीले उसलाई दुईटा आँखा दिएनौं ।

:9

९) र जिब्रो र दुईटा ओठ (दिएनौं) ?

:10

१०) र उसलाई दुवै मार्ग पनि देखायौं ।

:11

११) त उसले त्यो घाटीमा पस्न सकेन,

:12

१२) र तिमीलाई के थाहा कि त्यो घाटी के हो ?

:13

१३) (कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।

:14

१४) वा भोकको दिन खाना खुवाउनु ।

:15

१५) कुनै नातेदार अनाथलाई,

:16

१६) वा धूलधूसरित (फकिर) भिक्षुलाई ।

:17

१७) अनि ती मानिसहरूमा शम्मिलित हुन सक्थ्यौ जसले ईमान ल्याउँछन् र एक अर्कालाई धैर्य राख्न र दया गर्नुको निम्ति शिक्षा दिन्छन् ।

:18

१८) यी मानिसहरू नै दायाँ हातवाला हुन् ।

:19

१९) र जसले हाम्रा आयतहरूलाई मानेनन् उनीहरू बायाँ हातवाला हुन् ।

:20

२०) यिनीहरूमाथि नै आगो हुनेछ जो चारैतिरबाट घेरेको हुनेछ ।