सबै इस्लाम पुस्तकालय

89 - The Dawn - Al-Fajr

:1

१) फज्र (उषाकाल) को कसम ।

:2

२) र दश रातहरूको कसम ।

:3

३) र जोड र बिजोड (सम–विसम) को कसम ।

:4

४) र रातको कसम, जब यो जान थाल्छ ।

:5

५) के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन् ?

:6

६) के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो ?

:7

७) स्तम्भजस्ता ‘‘इरम’’ लामो कदवालाको साथ ।

:8

८) यी सम्पूर्ण सृष्टिमा यिनीहरूको सदृश कुनै समुदाय पैदा गरिएको थिएन् ।

:9

९) र समूदहरूसँग (के गर्यो) जो बेसीमा ठूल ठूला ढुङ्गा काट्दथे ।

:10

१०) र फिरऔनसँग जसले मेखहरू राख्दथ्यो ?

:11

११) यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए ।

:12

१२) र यहां धेरै उत्पातहरू मचाइराखेका थिए ।

:13

१३) अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो ।

:14

१४) निःसन्देह तिम्रो पालनकर्ता हेरी घातमाछ ।

:15

१५) तर मानिसको अवस्था यो छ कि जब उसको रबले (पालनकर्ताले) उसको परीक्षा गर्दछ र उसलाई प्रतिष्ठा र अनुग्रह प्रदान गर्दछ तब त्यसले भन्दछ कि मेरो पालनकर्ताले मलाई प्रतिष्ठित गर्यो ।

:16

१६) र जब उसले उसको परीक्षा यसप्रकार गर्दछ कि उसको जीविका संकुचित गरिदिन्छ । तब उसले भन्दछ कि मेरो रबले मलाई अपमानित गर्यो ।

:17

१७) यस्तो कदापि होइन, बरु तिमीहरूले नै अनाथको सम्मान गर्दैनौ ।

:18

१८) र न गरिबलाई खुवाउनको लागि एक–अर्कालाई प्रोत्साहन गर्दछौ ।

:19

१९) र मृतकको सारा माल समेटी खाइदिन्छौ ।

:20

२०) र धनसित अत्यन्त प्रेम गर्दछौ ।

:21

२१) तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।

:22

२२) र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् ।

:23

२३) र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।

:24

२४) उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।

:25

२५) अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।

:26

२६) र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।

:27

२७) र हे सन्तुष्ट आत्मा ।

:28

२८) आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।

:29

२९) अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल ।

:30

३०) र प्रवेश गर मेरो स्वर्गमा ।