सबै इस्लाम पुस्तकालय
1

१) आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।

2

२) जसले मानिसलाई रगतको थोपाबाट बनायो ।

3

३) तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।

4

४) जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।

5

५) जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।

6

६) तर मानिस उल्लंघनकारी भइहाल्दछ ।

7

७) यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।

8

८) यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।

9

९) के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।

10

१०) (अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।

11

११) तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।

12

१२) वा संयमित रहनुको आदेश दिन्छ भने ।

13

१३) अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए,

14

१४)त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।

15

१५) निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।

16

१६) यस्तो टाउको जो झूठो अपराधी छ ।

17

१७) यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् ।

18

१८) हामीले पनि आफ्नो सजायका दूतहरूलाई बोलाउनेछौं ।

19

१९) खबरदार ! उसको भनाई कदापि नमान्नु र सजदा गर्नु र (अल्लाहको) निकटता प्राप्त गर्दैरहुन् ।