सबै इस्लाम पुस्तकालय

85 - The Mansions of the Stars - Al-Burūj

:1

१) आकाशको कसम, जसमा तारामण्डल छ ।

:2

२) र त्यस दिनको कसम जसको वाचा छ ।

:3

३) उपस्थित हुनेवाला र उपस्थित गराइएकाहरूको कसम ।

:4

४) कि खाल्टो (खन्नेहरू) नष्ट गरिए ।

:5

५) त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) ।

:6

६) जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए ।

:7

७) र मुस्लिमहरूसँग जे गर्नेगरेका थिए त्यो आफ्नो सामु देखिरहेका थिए ।

:8

८) यिनीहरूले ती मोमिनहरूसँग (कुनै अन्य अपराधको) बदला लिइरहेका थिएनन्, मात्र यसको लागि कि उनीहरू अल्लाहमाथि ईमान राख्दथे जो अत्यन्त अधिपत्यशाली र प्रशंसनीय छ ।

:9

९) जसको निम्ति आकाशहरू र पृथ्वीहरूको सत्ता छ र अल्लाहको सामु हरेक वस्तु छ ।

:10

१०) निःसंदेह ज–जसले ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरूलाई दुःख दिए, अनि प्रायश्चित गरेनन्, त उनीहरूको निम्ति नर्कको यातना हुनेछ र पोलिने यातना छ ।

:11

११) निःसन्देह जसले ईमान ल्याए र असल कर्म गरिरहे उनीहरूको निम्ति बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन्, यही नै ठूलो सफलता हो ।

:12

१२) निःसन्देह तिम्रो पालनकर्ताको पकड अत्यन्त कठोर छ ।

:13

१३) उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ ।

:14

१४) र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।

:15

१५) सिंहासनको स्वामी, बडो गौरवशाली छ ।

:16

१६) जे चाहान्छ गरिहाल्छ ।

:17

१७) के तिमीलाई ती सेनाहरूको पनि समाचार पुगेको छ ।

:18

१८) (अर्थात्) फिरऔन र समूदको ।

:19

१९) केही होइन, काफिरहरू त (जानी जानी) असत्य कुरा ठह्राउनुमा लागि रहेकाछन् ।

:20

२०) र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ ।

:21

२१) बरु यो कुरआन धेरै गौरवशाली छ ।

:22

२२) लौहे महफूज (सुरक्षित फलाम पट्टीका) मा अंकित (छ) ।