सबै इस्लाम पुस्तकालय

84 - The Sundering - Al-'Inshiqāq

:1

१) जब आकाश छिया–छिया परिहाल्नेछ ।

:2

२) र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो ।

:3

३) र जब धरतीलाई समतल पारिदिइनेछ ।

:4

४) र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ ।

:5

५) र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ ।

:6

६) हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।

:7

७) अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।

:8

८) त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।

:9

९) र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।

:10

१०) र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।

:11

११) त त्यसले मृत्युलाई पुकार्ने छ ।

:12

१२) र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ ।

:13

१३) त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो ।

:14

१४) र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन ।

:15

१५) हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो ।

:16

१६) मलाई कसम छ डुब्ने बेलाको प्रकाशको ।

:17

१७) र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम ।

:18

१८) र चन्द्रको, जबकि त्यो पूर्ण भइहाल्छ ।

:19

१९) कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।

:20

२०) त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् ।

:21

२१) र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।

:22

२२) बरु काफिरहरूले झुठ्लाउँछन् ।

:23

२३) यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ ।

:24

२४) तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु ।

:25

२५) हो, ईमानवालाहरू र असल कर्म गर्नेहरूको निम्ति असीमित र नसकिने पुरस्कार छ ।