सबै इस्लाम पुस्तकालय

86 - The Nightcommer - Aţ-Ţāriq

:1

१) कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको ।

:2

२) र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो ?

:3

३) त्यो तारा हो, चम्किलो ।

:4

४) कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।

:5

५) मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।

:6

६) त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।

:7

७) जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।

:8

८) निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।

:9

९) जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।

:10

१०) त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।

:11

११) आकाशको कसम जसले वृष्टि गर्दछ ।

:12

१२) र धरतीको कसम जुन च्यातिनेवाला छ ।

:13

१३) कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो ।

:14

१४) त्यो कुनै ठट्टा होइन ।

:15

१५) उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।

:16

१६) र मैले पनि एउटा चालचली राखेको छु ।

:17

१७) अतः तिमीले काफिरहरूलाई मोहलत दिइहाल, केही दिन उनलाई छाडिदिनु ।