सबै इस्लाम पुस्तकालय

78 - The Tidings - An-Naba

:1

१) (यी) मानिसहरूले कुन कुराको बारेमा सोधपूछ गरिराखेका छन् ?

:2

२) (के) त्यस ठूलो समाचारको बारेमा ?

:3

३) जसमा यिनीहरूले मतभेद गरिराखेका छन्,

:4

४) हेर, यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।

:5

५) अनि यकिनको साथ यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।

:6

६) के हामीले धरतीलाई ओछ्यान बनाएनौं ?

:7

७) र पहाडहरूलाई मेख खम्बा ?

:8

८) र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं ।

:9

९) र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं ।

:10

१०) र रातलाई पर्दा बनायौं ।

:11

११) र दिनलाई जीविकोपार्जनको समय बनायौं ।

:12

१२) र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं,

:13

१३) र एक चम्किलो प्रकाशमान सूर्य बनायौं ।

:14

१४) र बादलहरूबाट हामीले पानीको बृष्टि गरायौं ।

:15

१५) ताकि त्यसबाट अन्न र सब्जी उत्पन्न गरौं,

:16

१६) र बाक्ला घना बगैंचाहरू,

:17

१७) निःसन्देह फैसलाको दिन निश्चित छ,

:18

१८) जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ ।

:19

१९) र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ ।

:20

२०) र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।

:21

२१) निःसंदेह जहन्नम घातमा छ ।

:22

२२) अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।

:23

२३) त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।

:24

२४) उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको ।

:25

२५) उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ ।

:26

२६) उनीहरूले पूरा–पूर प्रतिफल पाउनेछन् ।

:27

२७) उनीहरूलाई त हिसाबको आशा नै थिएन ।

:28

२८) र निडर भएर उनीहरूले हाम्रा आयतहरूको उपहास गर्दथे ।

:29

२९) हामीले प्रत्येक कुरालाई लेखेर गन्तीमा राखेका छौं ।

:30

३०) तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं ।

:31

३१) निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ ।

:32

३२) बगैचाहरू छन्, र अँगूरहरू छन् ।

:33

३३) नौयवना कुमारी युवतीहरू छिन् ।

:34

३४) र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू ।

:35

३५) उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्ने छन् ।

:36

३६) तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ,

:37

३७) उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन ।

:38

३८) जुन दिन आत्मा र फरिश्ताहरू पंक्तिबद्ध भएर उभिनेछन् तर कोही कुरो गर्न सक्दैन परन्तु जसलाई अललाहले आज्ञा दिन्छ र उसले ठीक कुरो मुखबाट निकाल्नेछ ।

:39

३९) त्यो दिन सत्य (सुनिश्चित) छ । अब जसले चाहन्छ (सत्कर्म गरेर) आफ्नो पालनकर्ताकहाँ राम्रो ठेगाना बनाओस् ।

:40

४०) हामीले तिमीसित छिटै आउनेवाला सजायबाट डरायौं । जुनदिन मान्छे आफूले गरेको कमाई देख्नेछ र काफिर भन्ने छन् कि काश हामी माटो भइहालेको भए ।