सबै इस्लाम पुस्तकालय

77 - The Emissaries - Al-Mursalāt

:1

१) हृदय प्रसन्न गर्दै बग्ने वायुको कसम ।

:2

२) अनि अत्यन्त प्रचण्ड भइहाल्ने (हवा)को कसम ।

:3

३) र (बादलहरूलाई) उचालेर फिजाउँछन् त्यसको सौगन्ध ।

:4

४) फेरि सत्य र असत्यलाई अलग–अलग टुक्रा–टुक्रा गरिदिने,

:5

५) र वह्य ल्याउने फरिश्ताहरूको कसम ।

:6

६) जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ ।

:7

७) जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ ।

:8

८) अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।

:9

९) र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।

:10

१०) र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।

:11

११) र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।

:12

१२) कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ ?

:13

१३) फैसलाको दिनको निम्ति ।

:14

१४) र तिमीलाई के थाहा कि फैसलाको दिन के हो ?

:15

१५) बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ।

:16

१६) के हामीले पहिलाका मानिसहरूलाई नष्ट गरेनौं ?

:17

१७) अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं ।

:18

१८) हामीले अपराधीहरूसित यस्तै गर्दैछौं ।

:19

१९) त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ ।

:20

२०) के हामीले तिमीलाई तुच्छ जल(वीर्य) बाट सृष्टि गरेनौं ?

:21

२१) अनि हामीले त्यसलाई बलियो र सुरक्षित ठाउँमा राख्यौं ।

:22

२२) एउटा निश्चित समयसम्म ।

:23

२३) फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं ।

:24

२४) विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति ।

:25

२५) के हामीले धरतीलाई समेटनेवाला बनाएनौं ?

:26

२६) जीवितलाई र मृतहरूलाई पनि ।

:27

२७) र त्यसमाथि हामीले अग्ला–अग्ला पर्वतहरू स्थापित गर्यौं । र तिमीहरूलाई संतुष्ट गर्ने मीठो पानी पिलायौं,

:28

२८) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी (विनाश) छ ।

:29

२९) जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड,

:30

३०) त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्,

:31

३१) जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।

:32

३२) निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन(ठूलो) किल्ला जस्ता हुन्छन् ।

:33

३३) त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ ।

:34

३४) आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ ।

:35

३५) आजको दिन त्यो दिन हो कि यिनीहरू बोल्न पनि सक्दैनन् ।

:36

३६) नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ ।

:37

३७) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी छ ।

:38

३८) यो फैसलाको दिन हो, (जसमा) हामीले तिमीलाई र पहिलाका मानिसहरूलाई एकत्रित गरेका छौं ।

:39

३९) तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल ।

:40

४०) त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।

:41

४१) निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।

:42

४२) र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।

:43

४३) (हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ ।

:44

४४) हामीले भलाई गर्नेवालाहरूको निम्ति यस्तै प्रतिफल दिने गर्दछौं ।

:45

४५) यो दिन असत्यवादीहरूको निम्ति विनाश छ ।

:46

४६) (हे नास्तिकहरू) तिमी अलि खाइहाल र आनन्द गरिहाल, वास्तवमा तिमी अपराधी हौ ।

:47

४७) त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ठूलो विनाश छ ।

:48

४८) जब उनीसित भनिन्छ कि (अल्लाहको अगाडि) नतमस्तक होऊ, त हुँदैनन् ।

:49

४९) त्यस दिन असत्यवादीहरूको निम्ति बर्बादी छ ।

:50

५०) अब यस कुरआन पश्चात उनीहरूले कुन कुरोमा ईमान ल्याउनेछन्?