सबै इस्लाम पुस्तकालय

79 - Those who drag forth - An-Nāzi`āt

:1

१) डुबेर शक्तिले तान्नेहरूको कसम ।

:2

२) गाँठोलाई खोलेर छुटाइदिनेवालाहरूको कसम ।

:3

३) र तैर्ने फिर्ने वालाहरूको सौगन्ध ।

:4

४) फेरि दगुरेर अगाडि हिड्ने वालाहरूको सौगन्ध ।

:5

५) फेरि काम सम्पन्न गर्न उपाय गर्नेवालाहरूको सौगन्ध ।

:6

६) जुन दिन काम्नेवाली कम्ने छिन ।

:7

७) त्यसको पछि–पछि पछाडि आउनेवाली आउनेछिन् ।

:8

८) धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।

:9

९) जसको दृष्टि तल हुनेछन् ।

:10

१०) भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं ?

:11

११) के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।

:12

१२) भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।

:13

१३) थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।

:14

१४) कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।

:15

१५) के ‘‘मूसा(अलैहिस्सलाम)को’’ सूचना तिमीलाई प्राप्त भएको छ ?

:16

१६) जबकि उनीलाई उनको पालनकर्ताले पवित्र मैदान ‘‘तोआ’’ मा बोलायो ।

:17

१७) कि तिमी फिरऔनको समक्ष जाऊ, त्यसले आत्याचार गरिराखेकोछ ।

:18

१८) उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ ?

:19

१९) र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डरनेगर ।

:20

२०) त्यसपछि उनले उसलाई ठूलो निशानी देखाए ।

:21

२१) तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।

:22

२२) अनि दगुर्दै फर्किहाल्यो ।

:23

२३) फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।

:24

२४) अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।

:25

२५) तब(सबभन्दा उच्च) अल्लाहले पनि परलोक र दुनियाँको सजायमा उसलाई समातिहाल्यो ।

:26

२६) जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।

:27

२७) तिमीलाई सृष्टि गर्नु धेरै कठिन काम हो कि आकाशलाई ? अल्लाहले(त) उसलाई बनायो ।

:28

२८) त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।

:29

२९) र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।

:30

३०) र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।

:31

३१) यसबाट पानी र चारा उमार्यो ।

:32

३२) र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।

:33

३३) यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।

:34

३४) अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।

:35

३५) जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।

:36

३६) र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।

:37

३७) त जसले अटेरी गर्यो ।

:38

३८) र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।

:39

३९) त उसको ठेगाना नर्क हुनेछ ।

:40

४०) र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।

:41

४१) त त्यसको बासस्थान जन्नत (स्वर्ग) नै हो ।

:42

४२) मानिसहरूले तिमीसित कयामतको बारेमा सोध्छन् कि त्यो कहिले आउँछ ।

:43

४३) त्यसको वर्णनसँग तपाईको के सम्बन्ध ?

:44

४४) त्यो घटित हुने समयको जानकारी त तपाईको पालनकर्तालाई नै छ ।

:45

४५) जो व्यक्ति उसित डर मान्छ तपाई त उसैलाई सावधान गर्नेवालासम्म हौ ।

:46

४६) जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा एक साँझ वा एक बिहानसम्म मात्र बसेका थिए ।