104 - The Traducer - Al-Humazah
:1
१) बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ ।
:2
२) जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ ।
:3
३) उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।
:4
४) कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ ।
:5
५) र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो ?
:6
६) त्यो अल्लाहद्वारा प्रज्वलित आगो हो ।
:7
७) जो छातीमाथि चढ्दै जानेछ ।
:8
८) र (त्यो आगो) उनीमाथि,सबै दिशाबाट बन्द हुन्छ ।
:9
९) ठूलाठूला स्तम्भहरूमा ।