सबै इस्लाम पुस्तकालय

105 - The Elephant - Al-Fīl

:1

१) के तिमीले देखेनौ कि तिम्रो पालनकर्ताले हातीवालाहरूसँग के गर्यो ?

:2

२) के उसले उनीहरूको दुष्चक्रलाई व्यर्थ बनाइदिएन ?

:3

३) र उनीहरूमाथि समूहका समूह पंक्षीहरू पठाइदियो ।

:4

४) जो उनीहरूलाई माटो र पत्थरको डल्लाले हानिरहेका थिए ।

:5

५) जसले उनीहरूलाई चपाइको भुस जस्तो बनाइदिए ।