सबै इस्लाम पुस्तकालय

99 - The Earthquake - Az-Zalzalah

:1

१) जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।

:2

२) र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।

:3

३) मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ ?

:4

४) त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।

:5

५) यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।

:6

६) त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।

:7

७) अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।

:8

८) र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।