सबै इस्लाम पुस्तकालय

75 - The Resurrection - Al-Qiyāmah

:1

१) म कियामतको दिनको कसम खान्छु,

:2

२) र म कसम खान्छु त्यस नफ्सको (आत्मा) जो निन्दा गर्नेवाला हो ।

:3

३) के मानिसले यो ठान्दछ कि हामीले कदापि उसका हाडहरूलाई एकत्र गर्नेछैनौं ?

:4

४) अवश्य गर्नेछौं (र) हामी यस कुरामा सामथ्र्यवान छौं कि उसका औंलाका टुप्पाहरू दुरुस्त गरिदेऔं।

:5

५) (होइन) बरु मानिसले चाहन्छ कि आफ्नो अगाडि–अगाडि अवज्ञा गर्दै जाओस् ।

:6

६) सोध्छ कि कियामतको दिन कहिले आउँछ ?

:7

७) जब आँखाहरू तिर्मीराइहाल्नेछन् ।

:8

८) र चन्द्र प्रकाशहीन भइहाल्नेछ ।

:9

९) र सूर्य र चन्द्र एकत्रित गरिनेछन् ।

:10

१०) त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ ?

:11

११) निःसन्देह कुनै शरणस्थल छैन ।

:12

१२) आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ ।

:13

१३) मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ ।

:14

१४) बरु मानिस स्वयं आफ्नो साक्षी छ ।

:15

१५) यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् ।

:16

१६) र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् ।

:17

१७) त्यसलाई एकत्रित गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मा छ ।

:18

१८) अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् ।

:19

१९) अनि हाम्रो जिम्मामा छ उसको स्पष्टिकरण गर्नु ।

:20

२०) होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ ।

:21

२१) र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ,

:22

२२) त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्,

:23

२३) आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।

:24

२४) र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।

:25

२५) बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।

:26

२६) होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ ।

:27

२७) र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ ?

:28

२८) र त्यसले जान्दछ कि अब सबैबाट विदाईको समय छ ।

:29

२९) र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ ।

:30

३०) आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ ।

:31

३१) तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।

:32

३२) बरु झूठो ठहरायो र विमुख भयो ।

:33

३३) अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।

:34

३४) अफशोच छ तिमीमाथि, झन् धिक्कार छ ।

:35

३५) धिक्कार छ र खराबी छ तिमीमाथि ।

:36

३६) के मानिसले यो ठान्दछ कि उसलाई यस्तै छाडिदिइनेछ ?

:37

३७) के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन? जसलाई टपकाइएको थियो ?

:38

३८) फेरि ऊ रगतको डल्लो भयो, अनि अल्लाहले उसलाई पैदा गरी ठिकठाक गर्यो ।

:39

३९) अनि उसका जोडाहरू बनायो, पुरुष र स्त्री ।

:40

४०) त के उसलाई यस कुरामा सामथ्र्य छैन कि मृतकहरूलाई जीवित पारिहलोस् ।