सबै इस्लाम पुस्तकालय

74 - The Cloaked One - Al-Muddaththir

:1

१) हे (मुहम्मद !) लुगा बेर्नेवाला,

:2

२) उठ र सावधान गरीदिनु ।

:3

३) र आफ्नो पालनकर्ताको गरिमा वर्णन गर्नु ।

:4

४) र आफ्ना कपडाहरूलाई पाक–पवित्र राख्नु ।

:5

५) फोहोरपनालाई छाडिदिनु ।

:6

६) र भलाई गरेर यसभन्दा बढीलिने इच्छा नगर्नु ।

:7

७) र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर्नु ।

:8

८) जब सूरमा फूँक मारिनेछ ।

:9

९) त्यो दिन बडो कठोर दिन हुनेछ ।

:10

१०) काफिरहरूको लागि सजिलो हुनेछैन ।

:11

११) मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।

:12

१२) र प्रशस्त माल–सम्पत्ति दियौं ।

:13

१३) हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।

:14

१४) मैले उसलाई हरेक प्रकारको सामग्रीमा प्रशस्तता प्रदान गरें ।

:15

१५) अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ ।

:16

१६) यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ,

:17

१७) शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु ।

:18

१८) उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।

:19

१९) नष्ट होस् उसले कस्तो अड्कल गर्यो ?

:20

२०) फेरि त्यो नष्ट होस्, उसले कस्तो अड्कल गर्यो,

:21

२१) उसले फेरि देख्यो ।

:22

२२) फेरि निधार खुम्च्यायो र मुख बिगारिहाल्यो ।

:23

२३) अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो ।

:24

२४) अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ ।

:25

२५) यो मात्र मानिसको वाणी नै हो ।

:26

२६) हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।

:27

२७) र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो ?

:28

२८) (आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ ।

:29

२९) र शरीरको छालालाई पोलेर कालो बनाइदिनेछ ।

:30

३०) त्यसमा उन्नाइस (फरिश्ता) कार्यकर्ताहरू नियुक्त छन् ।

:31

३१) र हामीले नर्कको द्वारपालहरू फरिश्ताहरूलाई बनाएका छौं र हामीले उनीहरूको संख्या काफिरहरूको परीक्षाको निम्ति निर्धारित गरेका छौं, यसकारण कि किताबवालाले विश्वास गरुन् र मोमिनहरूको ईमान अरु धेरै बढोस् र किताब मान्नेहरू र मोमिनले शंका नगरुन् र जुन मानिसहरूको हृदयमा रोग छ, उनी र काफिरहरूले भनुन् कि यस दृष्टान्तबाट अल्लाहको के उद्देश्य छ ? यस्तै प्रकारले अल्लाहले जसलाई चाहन्छ, मार्गविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । तिम्रो पालनकर्ताका लस्करहरूलाई उस बाहेक कोही जान्दैन र यो त आदमको सन्ततिको लागि उपदेश र शिक्षा सामग्री हो ।

:32

३२) साँचो भन्दछु (हामीलाई) चाँदको कसम ।

:33

३३) र रातको जब कि त्यसले पछाडि हट्दछ ।

:34

३४) र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।

:35

३५) निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।

:36

३६) मानिसहरूको निम्ति भयको कारण ।

:37

३७) तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ ।

:38

३८) हरेक व्यक्ति आफ्नो कर्मको बदलामा धितो राखिएको छ ।

:39

३९) तर दायाँ हात वालाहरू ।

:40

४०) उनीहरू स्वर्गहरूमा बसेका हुनेछन् र प्रश्न गर्नेछन् ।

:41

४१) अपराधीहरूसँग,

:42

४२) (कि) तिमीलाई कुन कुरोले नर्कमा ल्यायो ?

:43

४३) उनीहरूले जवाफ दिनेछन् कि हामी नमाजी थिएनौं ।

:44

४४) र न निमुखाहरूलाई (मिस्कीनहरूलाई) खाना खुवाउँथ्यौ,

:45

४५) र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं ।

:46

४६) र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ ।

:47

४७) यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।

:48

४८) अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।

:49

४९) उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।

:50

५०) जस्तो कि तर्सेको गधहा हुन् ।

:51

५१) जो बाघ देखेर भागेका छन् ।

:52

५२) बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।

:53

५३) यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट निर्भीक छन् ।

:54

५४) साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।

:55

५५) अब जसले चाहन्छ त्यसबाट उपदेश हासिल गरोस् ।

:56

५६) र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।