सबै इस्लाम पुस्तकालय

70 - The Ascending Stairways - Al-Ma`ārij

:1

१) एउटा माँग्नेवालाले (रसूलसित) त्यो यातना माँग्यो, जुन घटित हुनेवाला छ ।

:2

२) काफिरहरूबाट कसैले त्यसलाई टाल्न सक्नेछैन ।

:3

३) अल्लाहको तर्फबाट हुनेछ, जुन (चढ्नको लागि) सोपानवाला छ ।

:4

४) जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ ।

:5

५) अर्थात् तिमी राम्रो सँग धैर्य गर ।

:6

६) निःसन्देह उनीहरूको दृष्टिमा त्यो अजाब टाढा छ ।

:7

७) र हाम्रो दृष्टिमा नजीक छ ।

:8

८) जुन दिन आकाश जलेको तेल जस्तो भइहाल्नेछ ।

:9

९) र पहाडहरू रंगीन ऊनको जस्ता हुनेछन् !

:10

१०) र कुनै मित्रले कुनै मित्रलाई सोध्नेछैन ।

:11

११) (जबकि) एक अर्कालाई अगाडि देखिराखेका हुनेछन् । (त्यस दिन) अपराधीले इच्छा गर्नेछ कि (यातनाको सट्टामा) आफ्ना छोराहरू (देओस्) ।

:12

१२) र आफ्नो पत्नी र आफ्नो भाइ,

:13

१३) र आफ्नो परिवार जसले उसलाई शरण दिन्थ्यो ।

:14

१४) र जति मानिसहरू धरतीमा छन् सबै कुरा दिन चाहनेछ जसले उसलाई यातनाबाट मुक्त गराइहालोस् ।

:15

१५) (तर) यस्तो कहिल्यै हुनेछैन, निःसंदेह त्यो प्रज्वलित आगो हो,

:16

१६) जसले अनुहार र टाउकोको छाला उप्काइदिनेछ,

:17

१७) उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ फर्काएर विमुख भए,

:18

१८) र धन एकत्रित गरेर थुपारेर राखे,

:19

१९) निःसन्देह मानिस काँचो मुटुवाला बनाइएको छ ।

:20

२०) जब उसलाई कष्ट पुग्छ त आत्तिन्छ ।

:21

२१) तर जब उसलाई राहत (सम्पन्नता) प्राप्त हुन्छ त उसले कन्जूसी देखाउँछ ।

:22

२२) तर नमाज पढ्नेहरूको कुरा अर्कै छ ।

:23

२३) जसले नमाज नियमित्ताकासाथ पढ्दछन्,

:24

२४) र जसको सम्पत्तिमा(अरुको) हक निश्चित छ,

:25

२५) (अर्थात्) माँग्नेवालाको र नमाँग्नेवालाको पनि,

:26

२६) जसले न्यायको दिन(कयामत) माथि ईमान राख्दछ ।

:27

२७) र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउछन्,

:28

२८) निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् ।

:29

२९) र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन्,

:30

३०) तर आफ्ना पत्नीहरू वा दासीहरू बाहेक जुन उनको अधीनस्थ छन् त उनको लागि कुनै अफशोच छैन,

:31

३१) जसले यो बाहेक अरु चाहन्छन् उनीहरू सीमा उल्लंघन गर्नेवाला हुन् ।

:32

३२) र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र करारको पालना गर्दछन्,

:33

३३) र जो आफ्नो गवाहीमा दृढ रहन्छन्,

:34

३४) र जो आफ्नो नमाजको रक्षा गर्दछन्,

:35

३५) यिनै मानिसहरू स्वर्गहरूमा सम्मानपूर्वक रहनेछन्,

:36

३६) फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्,

:37

३७) दायाँ र बायाँबाट समुहको रूपमा ।

:38

३८) के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन् ?

:39

३९) त्यस्तो कदापि हुनेछैन । बरु हामीले उनीहरूलाई जुन चिजबाट सृष्टि गरेका छौं, त्यसलाई उनीहरू जान्दछन् ।

:40

४०) अतः केही छैन, म पूर्व र पश्चिमको पलनकर्ताको शपथ लिन्छु कि हामीलाई सामथ्र्य प्राप्त छ ।

:41

४१) कि उनीहरूको ठाउँमा उनीहरूभन्दा राम्रो मानिसहरू ल्याऊँ र हामी परास्त हुनेवाला छैनौं ।

:42

४२) अतः उनीहरूलाई लडाई–भिडाई गरेको अवस्थामा छाडिदिनुस् । यहाँसम्म कि आफ्नो त्यस दिनसम्म पुगी जाउन् । जसको वाचा उनीहरूसित गरिएको छ ।

:43

४३) जुनदिन उनीहरू चिहानबाट तीव्रताको साथ दौड्दै निस्कनेछन् । मानौं कि, कुनै (विशेष) ठाउँतिर दौड्दै गइरहेका छन् ।

:44

४४) उनीहरूको आँखा लज्जाले झुकिरहने छन् र अपमान उनीहरूमाथि घेरिराख्नेछ । यो नै त्यो दिन हो, जसको उनीरुसँग वाचा गरिदै थियो ।