सबै इस्लाम पुस्तकालय
1

१) वास्तवमा भएर नै छाड्नेवाला,

2

२) प्रमाणित हुनेवाला के हो ?

3

३) र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला के हो ?

4

४) त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए ।

5

५) जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।

6

६) र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए ।

7

७) जसलाई अल्लाहले सात रात र आठ दिनसम्म निरन्तर उनीहरूमाथि लगाएको थियो तब तिमीले उनीहरूलाई भूइँमा यसरी लडेको अवस्थामा देख्यौ जस्तो कि खजूरका खोक्रा बोटहरू ।

8

८) के तिमी उनीहरूमध्ये कोहीलाई पनि शेष देखिरहेका छौ ?

9

९) ‘‘फिरऔन’’ उसभन्दा पहिलाका मानिसहरू र जसको गाउँ बस्तीहरू उलटपलट भए, उनीहरूले पनि अपराध गर्दथे ।

10

१०) र उनीहरूले आफ्नो पालनकर्ताको पैगम्बरको अवज्ञा गरे, तब अल्लाहले उनलाई पनि कठोर पकडमा लिइहाल्यो ।

11

११) जब पानीमा हलचल आयो तब त्यस बेला हामीले तिमीलाई नौकामा सवार गरायौं ।

12

१२) ताकि त्यसलाई तिम्रो निम्ति शिक्षा बनाइदिऔं र यादगर्ने कानले सुरक्षित राखुन् ।

13

१३) तसर्थ जब सूरमा एकफूँक फूँकिनेछ,

14

१४) र धरती र पहाड दुवै उठाइनेछन्, र एकैचोटी क्षतविक्षत गरिनेछन् ।

15

१५) त त्यसदिन घटित हुनेवाला कयामत भइहाल्ने छ ।

16

१६) र आकाश फाटिने छ अनि त्यो त्यसदिन एकदम कमजोर भइहाल्नेछ ।

17

१७) र फरिश्ताहरू उसको किनारमा हुनेछन् र त्यसदिन तिम्रो पालनकर्ताको सिंहासनलाई आठ फरिश्ताहरूले आफूमाथि उचालेका हुनेछन् ।

18

१८) त्यसदिन तिमी सबै सामुन्ने प्रस्तुत गरिनेछौ, (र) तिम्रो कुनै भेद लुकिरहने छैन ।

19

१९) अनि जोसुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ, त्यसले (अरुसित) भन्नेछः कि लिनुस् मेरो कर्मपत्र पढ्नुस् ।

20

२०) मलाई पूरा यकिन थियो कि मेरो हिसाब मलाई अवश्य प्राप्त हुनेछ ।

21

२१) अतः त्यो (व्यक्ति) आनन्दित जीवनमा हुनेछ ।

22

२२) उच्चा, भव्य स्वर्गमा,

23

२३) जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् ।

24

२४) (उनीहरूसित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मजासित खाऊ र पिऊ ।

25

२५) तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए ।

26

२६) र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ ।

27

२७) ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो ।

28

२८) (आज) मेरो सम्पत्ति पनि मेरो केही काम लागेन ।

29

२९) (आह) मेरो वर्चस्व मबाट गइहाल्यो ।

30

३०) (आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु ।

31

३१) अनि यसलाई नर्कमा हालिदेऊ ।

32

३२) अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।

33

३३) निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो,

34

३४) र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो,

35

३५) अतः आज यसको यहाँ न कोही मित्र छ ।

36

३६) र न पीप बाहेक उसको निम्ति आज कुनै खाना छ ।

37

३७) जसलाई अपराधीहरू बाहेक कसैले खाने छैन ।

38

३८) अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ,

39

३९) र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ ।

40

४०) कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।

41

४१) र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरूले बहुत कम विश्वास गर्दैछौ,

42

४२) र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ ।

43

४३) (यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।

44

४४) र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर ल्याएको भए,

45

४५) त हामीले उनलाई दाहिने हातबाट समातिहाल्थ्यौं ।

46

४६) अनि उनको हृदयको धमनी काटिदिंथ्यौं ।

47

४७) अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो ।

48

४८) र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो ।

49

४९) र हामीलाई थाहा छ कि तिमीमध्ये केही यसलाई असत्य भन्नेवाला छन् ।

50

५०) साथै (यो झूठा मान्नु) अपसोच छ काफिरहरूको लागि ।

51

५१) यो निःसंदेह बिल्कुल विश्वासनीय सत्य हो ।

52

५२) अतः तिमीले आफ्नो महिमावान् पालनकर्ताको नामको गुणगान गर ।