सबै इस्लाम पुस्तकालय

81 - The Overthrowing - At-Takwīr

:1

१) जब सूर्यलाई बेरिहालिनेछ,

:2

२) र ताराहरूले आफ्नो चमक गुमाउनेछन् ।

:3

३) र जब पहाडहरू चलाइनेछन् ।

:4

४) र जब १० महिने गर्भवती ऊँटनीहरू भगाई हालिनेछिन् ।

:5

५) र जब जंगली जनावरहरू एकत्रित गरिनेछन ।

:6

६) र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।

:7

७) जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् ।

:8

८) र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।

:9

९) कि कुन पापको कारण उसलाई मारिएको थियो ।

:10

१०) र जब कर्मपत्र खोलिनेछन् ।

:11

११) र जब आकाशको छाला उघारिनेछ ।

:12

१२) र जब नर्कको आगो प्रज्जवलित गरिनेछ ।

:13

१३) र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।

:14

१४) तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।

:15

१५) म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् ।

:16

१६) र जो घुम्ने र हराइहाल्ने छन् ।

:17

१७) र रातको कसम, जब समाप्त हुनथाल्छ ।

:18

१८) र प्रातःको कसम जब उदय हुनथाल्छ ।

:19

१९) निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।

:20

२०) जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।

:21

२१) जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।

:22

२२) र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् ।

:23

२३) उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।

:24

२४) उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।

:25

२५) र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।

:26

२६) फेरि तिमी कता गइरहेका छौ ?

:27

२७) यो त सम्पूर्ण संसारको लागि मार्गदर्शन हो ।

:28

२८) खासगरी उसको लागि जो तिमीहरूमध्ये सोझो बाटोमा हिंड्न चाहोस् ।

:29

२९) र तिमीले विश्वको पालनकर्ताले नचाहिकन केही पनि चाहन सक्दैनौ ।