सबै इस्लाम पुस्तकालय
1

१) ताराको कसम, जब त्यो तल खस्छ ।

2

२) तिम्रो साथी (मुहम्मद ) न त बाटो बिर्सेका छन् न भ्रमित छन् ।

3

३) र उनी आफ्नो इच्छाले केही भन्दैनन् ।

4

४) त्यो त मात्र वह्य हो जुन (उनीमाथि) पठाइँदै छ ।

5

५) उनलाई ठूलो शक्तिवाला अल्लाहको दूत (जिब्रील) ले सिकाएको छ ।

6

६) त्यो शक्तिशाली छ अनि उनी सिधा ठाडो भइहाले,

7

७) र उनी आकाशको उच्चतम भागमा थिए ।

8

८) अनि उनी निकट भए र उतरी आए ।

9

९) अब कमानको बीचको दूरी बाँकी रह्यो वा त्योभन्दा पनि कम ।

10

१०) अनि अल्लाहले आफ्नो दासतिर जुन ‘‘वह्य’ पठाउनु थियो पठायो ।

11

११) जे जति उनले देखे, उनको हृदयले त्यसलाई झूठ ठानेन ।

12

१२) के जेजति उनी देख्छन् तिमी त्यसमा उनीसित विवाद गर्छौ ?

13

१३) र (उनले) उसलाई एकपटक पहिले पनि देखेका थिए ।

14

१४) अन्तिम सीमाको बैरको रुख नजिक (अर्थात् सिदरतुल् मुन्तहा नजिक) ।

15

१५) त्यसैको निकटमा बासस्थानवाली जन्नत (जन्नतुल् मावा) छ ।

16

१६) त्यस बैरको रुखलाई ढाकेको थियो जे उसमाथि छाइरहेको थियो ।

17

१७) उनको दृष्टि नत अरुतिर गयो र न (सीमाभन्दा) अगाडि बढ्यो ।

18

१८) उनले निश्चय नै आफ्नो पालनकर्ताका ठूला–ठूला निशानीहरूमध्ये केही देखे ।

19

१९) के तिमीहरू लात र उज्जालाई देख्यौ,

20

२०) र तेस्रो अन्तिम मनात (देवीको मूर्ति) लाई ?

21

२१) के तिम्रो निम्ति छोराहरू छन् र अल्लाहको निम्ति छोरीहरू ?

22

२२) यो विभाजन त बेढंग र अन्यायपूर्ण छ ।

23

२३) उनीहरू त मात्र केही नामहरू हुन् जुन तिमीले र तिम्रो बाउबाजेले राखेका छन्, अल्लाहले त उनीहरूको निम्ति कुनै प्रमाण पठाएको छैन । उनीहरू त मात्र अड्कल र आफ्नो इच्छापूर्तिको पछाडि हिंडिराखेका छन् र निश्चय नै उनको पालनकर्ताको तर्फबाट मार्गदर्शन आइसकेको छ ।

24

२४) के प्रत्येक मानिसले जुन कुराको कामना गर्दछ, त्यो सबै उसलाई प्राप्त छ ?

25

२५) आखिर यस संसारको र परलोकको स्वामी त अल्लाह नै हो ।

26

२६) र आकाशहरूमा यसो धेरै फरिश्ताहरू छन्, कि उनीहरूको सिफारिश कुनै काम लाग्नेछैन, यो अर्कै कुरा छ कि अल्लाह आफ्नो इच्छाले आफू खुशी जसलाई चाहन्छ अनुमति दिन्छ ।

27

२७) निःसन्देह जुन मानिसहरू आखिरतमाथि ईमान राख्दैनन्, उनीहरूले फरिश्ताहरूलाई स्त्रिीहरूको नाम दिन्छन् ।

28

२८) जब कि उनीहरूलाई यस विषयमा केही थाहा छैन । उनीहरू त मात्र आफ्नो अड्कलवाजीको पछाडि हिंड्छन् र अनुमानले वास्तविकताको दाँजोमा केही काम गर्दैन ।

29

२९) तसर्थ जो हाम्रो स्मरणबाट विमुख छन् र संसारिक जीवन बाहेक अरु केही चाहदैनन् । त्यसबाट तपाई पनि विमुख भइहाल्नुस् ।

30

३०) यस्ता मानिसहरूको ज्ञानको पहुँच यहीँसम्म छ । निश्चय नै तपाईको पालनकर्ता त्यसलाई राम्रोसंग जान्दछ, जो उसको मार्गबाट विचलित भएको छ, र उही नै उसलाई पनि राम्ररी जान्दछ जसले (सोझो) मार्ग अपनायो ।

31

३१) र जे–जति आकाशहरूमा छ र जे–जति धरतीमा छ सबै अल्लाहकै हो, ताकि जसले नराम्रो कर्म गर्यो, उनीहरूलाई त्यसको प्रतिफल देओस् । र जुन मानिसहरूले असल कर्म गरे, उनीहरूलाई राम्रो प्रतिफल प्रदान गरोस् ।

32

३२) जुन मानिसहरू ठूला–ठूला पाप र अश्लील कर्महरूबाट पन्छिन्छन्, केही साना–तिना पाप बाहेक । निश्चय नै तिम्रो पालनकर्ता क्षमाशीलतामा बडो व्यापक छ । उसले तिमीलाई राम्ररी जान्दछ, जब उसले तिमीलाई माटोबाट सृष्टि गर्यो र जब तिमी आफ्ना आमाहरूको पेटमा भ्रुण अवस्थामा थियौ । तसर्थ आफ्नो मनको पवित्रताको दावी आफै नगर । उसले संयमीहरूलाई राम्ररी जान्दछ ।

33

३३) के तपाईले त्यस व्यक्तिलाई देखनु भयो जो विमुख भयो ।

34

३४) र अलिकति दियो, र कठोर भइहाल्यो (हात रोक्यो) ।

35

३५) के उसलाई परोक्षको ज्ञान छ कि उसले सबथोक देखिराखेको छ ?

36

३६) वा जुन कुरो ‘‘मूसाको’’ किताबमा छन्, उनीहरूलाई त्यसको बारेमा थाहा भएन ?

37

३७) र जुन वफादार इब्राहीमको किताबमा थियो ?

38

३८) कि कुनै पनि व्यक्तिले अरु व्यक्ति (को पाप) को भारी बोक्नेछैन ।

39

३९) र यो कि प्रत्येक मानिसको लागी त्यही नै हो जसको निम्ति उसले प्रयास गर्यो ।

40

४०) र यो कि उसको प्रयास शीघ्र नै देखिनेछ ।

41

४१) अनि उसलाई पूरा प्रतिफल प्रदान गरिनेछ ।

42

४२) र यो कि तपाईको पालनकर्ताकै पासमा पुग्नु छ ।

43

४३) र यो कि उसैले हसाउँछ र रुलाउँछ ।

44

४४) र यो कि उसैले मार्दछ र जीवित राख्दछ ।

45

४५) र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी) जोडीको सृष्टि गर्यो ।

46

४६) (वीर्यको) थोपाबाट जबकि त्यो गर्भमा टपकाइन्छ ।

47

४७) र यो कि (कयामतको दिन) उसैको जिम्मा पुनः उठाउनु छ ।

48

४८) र यो कि उही हो जसले कि धनी र सन्तुष्ट बनाउँछ ।

49

४९) र यो कि उही शेअरा (अरबहरूका पहिलाको पुज्य तारा)को स्वामी हो ।

50

५०) र यो कि उसैले प्राचीन आदलाई नष्ट गर्यो ।

51

५१) र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन ।

52

५२) र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए ।

53

५३) र पल्टिजाने बस्तीलाई उसैले नष्ट गरिदियो ।

54

५४) अनि त्यसलाई छोपिहाल्यो, जसलाई जुन कुराले छोप्नु थियो ।

55

५५) अनि (हे मानिस) तिमीले आफ्नो पालनकर्ताका कुन–कुन अनुकम्पाको विषयमा विवाद गर्नेछौ ?

56

५६) यी (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पनि पहिलेका सावधानकर्ताहरू जस्तै एउटा सावधान गर्नेवाला हुन् ।

57

५७) आउनेवाला (कयामत) नजिक आइपुग्यो ।

58

५८) त्यस दिनको लुकेका कुरालाई अल्लाह बाहेक कसैले प्रकट गर्नसक्ने छैन ।

59

५९) अब के तिमीले यस कुरामा आश्चार्य गर्दछौ ?

60

६०) र हाँस्दछौ? र रुँदैनौ ?

61

६१) अपितु तिमी खेलीराखेका छौ ।

62

६२) तसर्थ अल्लाहको अगाडि़ ढोग र उसैको उपासना गर ।