All Islam Directory
1

१) कसम छ उडाएर छरिदिने (वायु) को ।

2

२) अनि भारी उचाल्नेहरूको ।

3

३) फेरि विस्तारै चल्नेहरूको ।

4

४) अनि कामहरूलाई वितरित गर्नेहरूको ।

5

५) विश्वास गर जसको कि तिमीलाई वचन दिइन्छ, त्यो साँचो छ ।

6

६) र अवश्य न्याय इन्साफ हुनेछ ।

7

७) त्यस आकाशको शपथ जसमा विभिन्न मार्गहरू छन् ।

8

८) (हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ ।

9

९) यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।

10

१०) अट्कलबाजी गर्नेहरू नष्ट गरिए ।

11

११) जो भ्रममा छन् र बिर्सेका छन् ।

12

१२) सोध्छन् कि प्रतिफलको दिन कहिल्ये आउनेछ ?

13

१३) हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ ।

14

१४) अब आफ्नो उपद्रवको स्वाद चाख । यो त्यही हो, जसको निम्ति तिमीले हतार गर्ने गर्दथ्यौ ।

15

१५) निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् ।

16

१६) र जुन जुन कुराहरू उनको पालनकर्ताले दिइराखेको हुन्छ उनीले लिइराखेका हुनेछन् । निश्चय नै उनीहरू त यसभन्दा पहिला नै असल कार्य गर्नेहरू थिए ।

17

१७) उनीहरू रातको थोरै भागमा सुत्ने गर्दथे ।

18

१८) र रातको अन्तिम पहर (भोर)मा क्षमा प्रार्थना गर्नेगर्दथे ।

19

१९) र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो ।

20

२०) र ईमान राख्नेवालाहरूको निम्ति धरतीमा धेरै निशानीहरू छन् ।

21

२१) र स्वयं तिम्रो व्यक्तित्वमा पनि, त के तिमीले देख्दैनौ ?

22

२२) र तिम्रो रोजी र जुन कुराको तिमीलाई वचन दिइएको छ सबै आकाशमा छ ।

23

२३) तसर्थ आकाशहरू र धरतीको स्वामीको कसम त्यो विश्वास योग्य छ त्यसतै जुन प्रकारले तिमी कुरा गर्दछौ ।

24

२४) के इब्राहीमका प्रतिष्ठित अतिथिहरूको वृत्तान्त पनि तिमीछेउ पुगेको छ ।

25

२५) जब उनीहरू उनको पासमा आए तब भनेः ‘‘सलाम छ तिमीमाथि’’ उनले पनि भने ‘‘सलाम छ तपाईहरूलाई पनि’’ । (देखेपछि) मनमा भने (यी त) अपरिचित मानिसहरू हुन् ।

26

२६) तब आफ्नो घर गई एउटा (पोलिएको) मोटो बाछो(को मासु) ल्याए ।

27

२७) र (खानाको निम्ति) उनीहरूको अगाडि राखिदिए । र भन्न थाले कि तपाईहरू किन खानुहुन्न ?

28

२८) अनि उनले मनैमनमा उनीहरूसित डर महसूस गरे । उनीहरूले भने कि डर नमान्नुस् र उनलाई (इब्राहीमलाई) एउटा ज्ञानवान केटोको मंगलसूचना दिए ।

29

२९) अनि उनकी स्वास्नी आश्चार्यचकित भई अगाडि बढिन् र आफ्नो निधारमा पिट्दै भनिन् कि म त एक बूढी र बाँझ हूँ ?

30

३०) उनीहरूले भने हो यस्तै नै तिम्रो पालनकर्ताको आदेश छ । निःसंदेह ऊ बडो तत्वदर्शी र ज्ञानवान छ ।

31

३१) (इब्राहीमले) भनेः कि ‘‘हे अल्लाहका दूत तिम्रो अभिप्राय के हो ?’’

32

३२) उनीहरूले भनेः कि ‘‘हामीहरू अपराधी समूहतर्फ पठाइएका हौं ।

33

३३) ताकि उनीहरूमाथि कंकडी बर्साऔं ।

34

३४) जो तपाईको पालनकर्ताको तर्फबाट निशान लगाइएका छन् ती सीमाको अतिक्रमणकारीको लागि ।’’

35

३५) अनि त्यहाँ जति ईमानवालाहरू थिए उनीहरूलाई, हामीले निकालिहाल्यौं ।

36

३६) र हामीले त्यहाँ मुसलमानको एउटा घर मात्र भेट्टायौं ।

37

३७) र जुन मानिसहरू दुःखद् यातनासित डराउँदछन्, उनीहरूको निम्ति त्यहाँ निशानी छोडिदियौं ।

38

३८) र ‘‘मूसा(अलैहिस्सलाम)’’ (को वृतान्त) मा पनि (निशानी छ) जब कि हामीले उनलाई फिरऔनतिर स्पष्ट प्रमाणकासाथ पठायौं ।

39

३९) तब त्यसले आफ्नो शक्ति (घमण्ड) ले विमुख भइहाल्यो र भन्न थाल्यो, यो त जादूगर हो वा दिवाना,

40

४०) तब हामीले उसलाई र उसका लावालस्करलाई समातिहाल्यौं र उनीहरूलाई समुन्द्रमा फ्याकिहाल्यौं र त्यसको काम नै निन्दनीय थियो ।

41

४१) यस्तै ‘‘आद’’ (को वृतान्त) मा पनि (निशानी छ), जब हामीले उनीहरूमाथि अशुभ वायु चलायौं ।

42

४२) त्यो जुन जुन कुरामाथि चल्यो, त्यसलाई जिर्णशिर्ण हाड जस्तो चूरा–चूरा गरेर छाडिदियो ।

43

४३) र ‘‘समूद’’ (को वृतान्त) मा पनि (निशानी छ) जब उनीसित भनियो कि एक समयसम्म फाइदा उठाइहाल ।

44

४४) तर उनीहरूले आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गरे, अनि हेर्दाहेर्दै उनीहरूलाई कडक चट्याङ्गले समाप्त गरिदियो ।

45

४५) अनि उनीहरू नउठ्न सके र नत बदला लिन सके ।

46

४६) र यसभन्दा पहिला (हामीले) ‘‘नूह(अलैहिस्सलाम)को’’ जातिबन्धुलाई पनि (समाप्त गरिसकेका थियौं) निश्चय नै उनीहरू ठूलो अवज्ञाकारी थिए ।

47

४७) र आकाशलाई हामीले आफ्नो शक्तिद्वारा बनायौं र निश्चितरूपले हामीमा ठूलो सामथ्र्य छ ।

48

४८) र धरतीलाई हामीले भूईं बनायौं तसर्थ (हेर) हामीले कति राम्ररी बनायौं ।

49

४९) र हामीले प्रत्येक कुराको जोडा बनायौं ताकि तिमीले उपदेश ग्रहण गर ।

50

५०) अतः तिमी अल्लाहतिर छिटै लाग । निश्चयनै म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष सावधान गर्नेवाला हूँ ।

51

५१) र अल्लाहको साथ अन्य कसैलाई पूज्य नबनाऊ । म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष डर देखाउनेवाला हूँ ।

52

५२) यस्तै यिनीहरूभन्दा पहिलेका मानिसहरूको पासमा जुन पैगम्बर आउँथ्यो उनीहरूले उनलाई जादूगर वा दीवाना भन्दथे ।

53

५३) के यिनीहरूले एकअर्कालाई यस कुराको निम्ति इच्छाउँदै (उपदेश दिदै) गएका छन् ? (होइन) बरु यिनीहरू सबै अवज्ञाकारी हुन् ।

54

५४) तपाईले यिनीहरूबाट पन्छिनुस् । तपाईलाई दोषारोपण हुनेछैन ।

55

५५) र उपदेश गर्दैगर्नुस् किनकि उपदेशले मोमिनहरूलाई लाभ पुर्याउँछ ।

56

५६) मैले जिन्न र मानिसहरूलाई यसकारण मात्र सृष्टि गरेको छु ताकि मेरो उपासना गरुन् ।

57

५७) म उनीहरूबाट जीविका चाहन्न र न यो चाहन्छु कि मलाई खुवाउन् ।

58

५८) अल्लाह आफै जीविका प्रदान गर्नेवाला शक्तिशाली, दृढ छ ।

59

५९) अतः जसले अत्याचार गरेका छन् उनीहरूको निम्ति पनि सजायको भाग निर्धारित छ, जुन प्रकार उनीहरूका साथीहरूको निम्ति निर्धारित थियो । अतः उनीहरू मसित हतार नगरुन् ।

60

६०) जुन दिनको यी काफिरहरूसित वाचा गरिन्छ, त्यसबाट उनको निम्ति खराबी छ ।