सबै इस्लाम पुस्तकालय

44 - The Smoke - Ad-Dukhān

:1

१) हा. मीम,

:2

२) र स्पष्ट किताबको कसम !

:3

३) निःसन्देह हामीले यसलाई एउटा बरकतले भरिएको रातमा अवतरित गरेका छौं, हामी त मार्ग देखाउनेवाला हौं ।

:4

४) त्यसै रातमा तमाम (समस्त) तत्वदर्शीयुक्त कुरा निर्णित एवं स्पष्ट गरिन्छ ।

:5

५) हामीकहाँबाट आदेश भएर, निःसन्देह हामीले नै पैगम्बरलाई पठाउँछौं ।

:6

६) तिम्रो पालकर्ताको दयालुता हो । निःसन्देह त्यो सबै कुरा सुन्नेवाला जान्नेवाला छ ।

:7

७) आकाशहरू र धरती र जे–जति यी दुबैमा छन्, सबैको मालिक हो, यदि तिमी विश्वास गर्नेवाला हौ ।

:8

८) उस बाहेक अन्य कोही सत्य पूज्य छैन, उसैले जीवित गर्दछ र मार्दछ, त्यही तिम्रो र तिम्रा बाबु बाजेको पालनकर्ता हो ।

:9

९) तर यी मानिसहरू शंकामा परि खेलिराखेका छन् ।

:10

१०) तपाई त्यस दिनको प्रतीक्षा गर्नुस् जबकि आकाशबाट सफा धुवाँ निस्कनेछ ।

:11

११) जसले मानिसहरूले ढाकिहाल्नेछ र यो कष्टदायक यातना हो ।

:12

१२) भन्नेछन् हे पालनकर्ता ! हामीबाट यस यातनालाई टाढा राख, हामीले विश्वास गर्दछौं ।

:13

१३) अब उनीहरूलाई उपदेश केही लाभदायक हुनेछैन जबकि उनीहरूको पासमा पैगम्बर आइसकेका थिए जसले स्पष्टरूपले कुरा वर्णन गर्दथे ।

:14

१४) अनि उनीहरूले उनीबाट विमुख भइहाले र भन्नथाले कि सिकाइएको दिवाना हो ।

:15

१५) हामीले यातना थोडै हटाइदिन्छौ त तिमी पुनः कुफ्र गर्नथाल्छौ ।

:16

१६) जुनदिन हामीले ठूलो गम्भीर पकडमा लिनेछौं, त निःसन्देह प्रतिशोध लिएर नै छाड्नेछौं ।

:17

१७) र उनीहरूभन्दा पहिला फिरऔनको कौमको पनि परीक्षा लियौं र उनको पासमा एउटा अत्यन्त सज्जन रसूल आए ।

:18

१८) यो (भने) कि अल्लाहका दासहरूलाई मेरो जिम्मा सुम्पिदेऊ । निश्चय नै म तिम्रो निम्ति एउटा विश्वासनीय रसूल हूँ ।

:19

१९) र अल्लाहको सामु अटेरीपना नगर । म तिम्रो पासमा स्पष्ट प्रमाण लिएर आउनेछु ।

:20

२०) र यस (कुरा) बाट कि तिमीले मलाई ढुंगा हानी–हानी मारिहाल, आफ्नो र तिम्रो पालनकर्ताको शरण माँग्दछु ।

:21

२१) र यदि ममा विश्वास गर्दैनौ भने मबाट अलग भइहाल ।

:22

२२) तब आफ्नो पालनकर्तासंग प्रार्थना गरे कि यिनीहरू अवज्ञाकारी हुन् ।

:23

२३) (आदेश भयो कि) मेरा बन्दाहरूलाई रातोरात लिएर गइहाल, अवश्य तिमीलाई पछ्याउनेछन् ।

:24

२४) र समुन्द्रलाई रोकिएको अवस्थामा नै छोडेर गइहाल । निश्चय यो सेनाहरूलाई डुबाइदिनेछ ।

:25

२५) उनीहरूले धेरै बगैचा र श्रोतहरू छोडेर गइहाले ।

:26

२६) र खेतीहरू र राम्रा घरहरू,

:27

२७) र सुखसयलका साधनहरू, जसमा उनीहरूले आनन्द लिने गर्दथे ।

:28

२८) यस्तै भयो (परिणाम) र हामीले अरु मानिसहरूलाई उनीहरूका उत्तराधिकारी बनाइदियौं ।

:29

२९) अनि न त आकाश र धरतीले उनीहरूको निम्ति विलाप गरे र न त उनीहरूलाई छुटकारा नै प्राप्त भयो ।

:30

३०) र हामीले इस्राईलको सन्तानलाई अपमानजनक यातनाबाट छुटकारा दिलायौं ।

:31

३१) जो फिरऔनबाट थियो । निःसन्देह त्यो अटेरी (र) सीमाभन्दा अगाडि गइसकेको थियो ।

:32

३२) र हामीले जानीजानी बनी इस्राईललाई संसारवालाहरूमध्येबाट रोजेका थियौं ।

:33

३३) र उनलाई यस्ता निशानीहरू प्रदान गरेका थियौं, जसमा स्पष्ट परीक्षा थियो ।

:34

३४) यिनीहरूले यो नै भन्छन्,

:35

३५) कि हामीलाई मात्र पहिलो पटक मर्नुछ र फेरि उठनु छैन ।

:36

३६) यदि तिमी साँचो हौ भने हाम्रा बाबुबाजेलाई ल्याऊ ।

:37

३७) के यिनीहरू राम्रा छन् वा ‘‘तुब्बाको’’ कौम वा ती मानिसहरू जो उनीभन्दा पहिला थिए । उनी सबैलाई विनष्ट गरिहालें, किनकि तिनीहरू अपराधी थिए ।

:38

३८) हामीले आकाशहरू र धरतीलाई र जे–जाति उनीहरूको बीचमा छ, तिनलाई खेलमा बनाएको होइनौं ।

:39

३९) बरु हामीले उनीहरूलाई सत्यताको साथ सृष्टि गर्यौं किन्तु उनीहरूमा अधिकतरले जान्दैनन् ।

:40

४०) निश्चय नै फैसलाको दिन उनीहरू सबैको निर्धारित समय हो ।

:41

४१) जुनदिन कुनै मित्र, मित्रको कुनै काम आउनेछैन, र न उनीहरूलाई सहायता प्राप्त हुनेछ ।

:42

४२) किन्तु जसमाथि अल्लाहले दया गर्दछ । निश्चय नै त्यो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान छ ।

:43

४३) निःसन्देह जक्कूमको (सिउँडीको) वृक्ष,

:44

४४) गुनेहगारहरूको भोजन हुनेछ,

:45

४५) पग्लेको तामा जस्तोछ, पेटहरूमा उम्लनेछ ।

:46

४६) जस्तो कि पानी उम्लिन्छ ।

:47

४७) यसलाई समातिहाल र घिसार्दै नर्कको बीचमा लैजाऊ ।

:48

४८) अनि उसको टाउकोमा उम्लिराखेको पानी खन्याइदेऊ ।

:49

४९) स्वाद चाख, तिमी त ठूलो बलशाली सज्जन थियौ ।

:50

५०) यो त्यहि हो जसमा तिमीहरूले शंका गर्ने गर्दथ्यौ ।

:51

५१) निःसन्देह भय गर्नेहरू निश्चिन्तताको ठाउँमा हुनेछन् ।

:52

५२) बगैचाहरू र श्रोतहरूमा,

:53

५३) रेशमको बस्त्र लगाई एक–अर्काको आमने सामने (आमुन्ने सामुन्ने) बसेका हुनेछन् ।

:54

५४) यसप्रकार हामीले गोरी वर्ण ठूला नेत्र भएकी स्त्रीहरूसित उनीहरूको विवाह गरिदिनेछौं ।

:55

५५) त्यहाँ उनीहरूले निश्चिन्तताका साथ प्रत्येक किसिमका स्वादिष्ट फल माँगाइरहेका हुन्छन् ।

:56

५६) त्यहाँ उनीहरूले मृत्युको स्वाद कहिले पनि चाख्नेछैनन् । मात्र पहिलो मृत्युको जे भयो सो भयो, र अल्लाहले उनीहरूलाई नर्कको यातनाबाट बचाइहाल्यो ।

:57

५७) यो सबै तिम्रो पालनकर्ताको विशेष उदार अनुग्रह हो । त्यही ठूलो सफलता हो ।

:58

५८) हामीले यस कुरआनलाई तिम्रो भाषामा सहज एवं सुसाध्य बनाइदिएका छौं ताकि उनीहरूले शिक्षा प्राप्त गरुन् ।

:59

५९) अतः तिमीले पनि प्रतीक्षा गर, यिनीहरूले पनि प्रतीक्षा गर्दछन् ।