सबै इस्लाम पुस्तकालय

26 - The Poets - Ash-Shu`arā

:1

१) ता–सीन्–मीम् ।

:2

२) यी स्पष्ट किताबका आयतहरू (श्लोकहरू) हुन् ।

:3

३) (हे पैगम्बर !) शायद तपाईले (यस दुःखबाट कि) यी मानिसहरूले ईमान ल्याउँदैनन् आफ्नो प्राण नै त्यागिदिनु हुनेछ ।

:4

४) यदि हामीले चाहेको भए उनीहरूमाथि अकाशबाट एउटा यस्तो निशानी उतार्न सक्थ्यौं । कि जसको अगाडि उनीहरूका टाउको दीनताले झुकिरहुन् ।

:5

५) र उनीहरूको पासमा रहमानको तर्फबाट जुन नवीन नसिहत पनि आउँछ, उनीहरू त्यसबाट विमुख हुने भइहाले ।

:6

६) अब जबकि उनीहरूले झूठो भनिसकेका छन् त शीघ्र नै उनीहरूले गरेको उपहासको वास्तविकता जानी हाल्नेछन् ।

:7

७) के उनीहरूले धरतीलाई देखेनन् कि त्यसमा कसरी हामीले सबै प्रकारका उत्तम जोडाहरू उमारेका छौं ।

:8

८) निश्चय नै यसमा ठूलो निशानी छ, (यसपछि पनि) उनीहरूमध्ये अधिकांश मान्नेवाला छैनन् ।

:9

९) र निश्चय नै तिम्रो पालनकर्ता नै हो, जो अधिपत्यशाली, अत्यन्त दयावान छ ।

:10

१०) र जब तपाईको पालनकर्ताले ‘‘मूसालाई’’ भन्यो कि अत्याचारी मानिसहरूको पासमा जाऊ ।

:11

११) ‘‘फिरऔनको’’ जातिबन्धुको पासमा, के यिनीहरू आत्मसंयम् अपनाउँदैनन् ?

:12

१२) मूसाले भनेः कि मेरो पालनकर्ता मलाई त भय छ कि कतै यिनीहरूले मलाई झूठा नठानुन् ।

:13

१३) र मेरो छाति उकुसमुकुस हुन्छ र मेरो बोली रोकिन्छ, तसर्थ तिमी हारूनतिर पनि सन्देश (वह्य) पठाइदेऊ ।

:14

१४) र उनीहरूको ममाथि मेरो एउटा कसूरको दावी पनि छ, तसर्थ मलाई यो पनि भय छ कि मलाई मारिहाल्नेछन् ।

:15

१५) अल्लाहबाट आदेश भयो कदापि यस्तो हुनेछैन तिमी दुवैजना हाम्रा निशानीहरू लिएर जाऊ, हामी तिम्रो साथमा सुन्नेवाला छौं ।

:16

१६) (अतः) तिमी दुवै फिरऔनको पासमा जाऊ र भनः कि निश्चितरूपले हामी संसारको पालनकर्ताको तर्फबाट पठाइएका हौं ।

:17

१७) र (यसकारण आएका हौं) कि तिमीहरू बनी इस्राईललाई हाम्रो साथमा जाने अनुमति देऊ ।

:18

१८) फिरऔनले (मूसासित) भन्यो कि के हामीले तिमीलाई तिम्रो बाल्यकालमा आफूकहाँ पालेका थिएनौं ? र तिमीले तिम्रो जीवनका धेरै वर्ष हामीकहाँ बिताएका थिएनौ ?

:19

१९) फेरि तिमीले आफ्नो त्यो काम गर्यौ जुन तिमीलाई थाहा छ । तिमी साह्रै नै कृतघ्न छौ ।

:20

२०) (मूसाले) भनेः कि (हो) त्यो काम मैले त्यस बेला गरेको थिएँ जब म बाटो बिर्सिएकाहरूमध्येका थिएँ ।

:21

२१) अनि जब मलाई तिम्रो भय लाग्यो त म तिमीकहाँबाट भागिहालें, अनि मेरो पालनकर्ताले मलाई आदेश र ज्ञान प्रदान गर्यो र मलाई आफ्ना सन्देशवाहकमध्येको बनायो ।

:22

२२) के ममाथि तिम्रो यही भलाई हो जुन तिमीले देखाइरहेका छौ कि तिमीले बनि इस्राईललाई दास बनाएर राखेका छौ ।

:23

२३) फिरऔनले भन्योः कि सारा संसारको मालिक भनेको के हो ?

:24

२४) उनले भनेः कि ऊ आकाशहरू र पृथ्वी र जे जति त्यसको बीचमा छन् सबैको पालनकर्ता हो । यदि तिमी ईमानवाला छौ भने ?

:25

२५) फिरऔैनले आफ्नो वरिपरिका मानिसहरूलाई भन्यो कि तिमीहरू सुनिरहेका छैनौ ।

:26

२६) मूसाले भने कि ऊ तिम्रो र तिम्रा बाबुबाजेको पालनकर्ता हो ।

:27

२७) फिरऔनले भन्योः कि मानिसहरू हो यो संदेष्टा (पैगम्बर) जुन तिमीहरूतिर पठाइएको छ, बिलकुल्लै पागल छ ।

:28

२८) मूसाले भनेः कि पूर्व र पश्चिम र जे–जति यी दुवैको बीचमा छन् सबैको रब (पालनकर्ता) पनि उही हो, यदि तिमीमा बुझ्ने बुद्धि छ भने ।

:29

२९) फिरऔनले भन्योः कि सुन यदि तिमीले म बाहेक अरु कसैलाई पूज्य बनायौ भने म तिमीलाई बन्दी बनाएर राख्छु ।

:30

३०) मूसाले भने कि यदि म तिम्रो पासमा कुनै स्पष्ट कुरा ल्याऊँ तैपनि ?

:31

३१) फिरऔनले भन्यो, यदि तिमी साँचो हौ भने त्यसलाई (ल्याएर) पेश गर ।

:32

३२) अनि उनले (मूसाले) आफ्नो लठ्ठी त्यतिबेला (जमिनमा) फ्याँके जुन त्यतिखेरै एउटा प्रत्यक्ष अजिङ्गर बनिहाल्यो ।

:33

३३) र आफ्नो हात जब बाहिर निकाले तब त्यतिखेरै त्यो हेर्नेहरूको अगाडि सेतो टल्कने देखिनथाल्यो ।

:34

३४) फिरऔनले आफ्नो वरिपरिका नायकहरूसित भन्योः कि निश्चय नै यो त ठूलो जादूगर हो ।

:35

३५) यसले चाहन्छ, कि आफ्नो जादूको शक्तिले तिमीलाई तिम्रो भूमिबाट निकालिदेओस् तसर्थ तिम्रो के विचार छ ?

:36

३६) उनीहरूले भनेः कि तपाईले यसलाई र यसको भाइलाई समय दिनुस् र सबै शहरहरूमा अग्रदूतहरूलाई पठाइदिनुहोस् ।

:37

३७) ताकि सबै प्रविण जादूगरलाई तपाईको पासमा ल्याउन् ।

:38

३८) अनि एक निश्चित दिनको समयमा सबै जादूगरहरू एकत्रित गरिए ।

:39

३९) र सर्वसाधारण मानिसहरूसित भनियोः कि तिमी (सबै) भेला हुनुपर्दछ ।

:40

४०) ताकि यदि जादूगरहरू विजयी हुन्छन् भने हामी उनकै अनुयायी भइहाल्छौं ।

:41

४१) जादुगरहरू आएर फिरऔनसित भन्न थालेः कि यदि हामी विजयी भयौं भने के हामीलाई पुरस्कार पनि प्राप्त हुनेछ ?

:42

४२) पिरऔनले भन्योः, हो र निश्चय नै तिमी त्यसबेला मेरो दरबारिया मानिसहरूमध्येबाट भइहाल्नेछौ ।

:43

४३) मूसाले उनीहरूसित (जादूगरहरूसित) भनेः कि जे कुरा फ्याँक्नु छ फ्याँक ।

:44

४४) तब उनीहरूले आफ्नो डोरी र लठ्ठीहरू फ्याँके र भन्न थालेः कि फिरऔनको प्रतापले हामी विजयी हुनेछौं ।

:45

४५) अनि मूसाले पनि आफ्नो लठ्ठी (भूईंमा) फ्याँके जसले ती कुराहरूलाई, जुनकि जादुगरहरूले बनाएका थिए, निल्न थाल्यो ।

:46

४६) यो हेरेर स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे ।

:47

४७) (र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं ।

:48

४८) अर्थात् मूसा र हारूनको पालनलहारमाथि ।

:49

४९) फिरऔनले भन्योः, कि मेरो आज्ञा बेगैर तिमीहरूले उसमाथि ईमान ल्यायौ ? निश्चय नै यही तिमी सबैको प्रमुख नायक हो, जसले तिमीलाई जादू सिकाएको छ । तसर्थ शीघ्र नै तिमीहरूले थाहा पाइहाल्ने छौ । म शपथ लिन्छु कि म तिम्रा हात र खुट्टाहरू विपरित दिशाहरूबाट कटाइदिनेछु र तिमी सबैलाई फाँसीमा झुन्ड्याइदिनेछु ।

:50

५०) उनीहरूले भनेः केही डर छैन । निःसंदेह हामी त आफ्नो पालनकर्तातिर नै फर्केर जानेवाला छौं ।

:51

५१) हामीलाई मात्र यो नै आशा छः कि हाम्रो पालनकर्ता हाम्रो त्रुटिहरूलाई क्षमा गरिदिनेछ, किनभने हामीले सबभन्दा पहिला ईमान ल्यायौं ।

:52

५२) र हामीले ‘‘मूसातिर’’ ‘‘वह्य’’ (अल्लाहको वाणी) पठायौं कि मेरा भक्तहरूलाई लिएर रातै–रात निस्किहाल, निश्चय नै तिमीलाई पछ्याइनेछ ।

:53

५३) यसपछि फिरऔनले शहरहरूमा दूतहरू पठायो ।

:54

५४) किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’

:55

५५) र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् ।

:56

५६) र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं ।

:57

५७) अन्ततः हामीले उनीहरूलाई बगैंचा र पानीका श्रोतहरूबाट निष्कासित गरिदियौं ।

:58

५८) र खजाना र राम्रा ठाउँहरूबाट पनि ।

:59

५९) (उनीहरूको साथमा हामीले) यस्तो गर्यौं र यी सबै कुराहरूको उत्तराधिकारी हामीले बनी इस्राईलको सन्ततिलाई बनाइदियौं ।

:60

६०) तसर्थ फिरऔनीहरूले सूर्योदय हुनासाथ तिनीहरूलाई खोज्न हिंडे ।

:61

६१) जब दुवै समूहले एक अर्कालाई देखिहाल्यो, तब मूसाका साथीहरूले भन्नथाले कि हामी त निश्चय नै समातियौं ।

:62

६२) मूसाले भने, कदापि होइन मेरो पालनकर्ता मेरो साथमा छ, उसले पक्कै मलाई बाटो देखाउनेछ ।

:63

६३) त्यसबखत हामीले मूसातिर ‘‘वह्य’’ पठायौं कि आफ्नो लठ्ठीले समुद्रमाथि प्रहार गर अनि त्यसै बेला समुद्र फाटिहाल्यो र पानीको हरेक टुक्रा ठूलो पहाड जस्तो भइहाल्यो ।

:64

६४) र हामीले अर्को समूहलाई पनि त्यहीं निकट ल्याएर उभ्याइदियौं ।

:65

६५) र हामीले ‘‘मूसा’’ र उनको साथमा भएका सबैलाई बचाइहाल्यौं ।

:66

६६) अनि अर्को समूहलाई डुबाइदियौं ।

:67

६७) निःसन्देह यसमा ठूलो निशानी छ, तापनि उनीहरूमध्ये अधिकतर ईमानवाला छैनन् ।

:68

६८) र निश्चय नै तपाईको पालनकर्ता अधिपत्यशाली, अत्यन्त दयावान छ ।

:69

६९) र उनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) को वृतान्त पनि सुनाइदिनुस् ।

:70

७०) जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः कि तिमी कुन कुराको पूजा गर्दछौ ?

:71

७१) उनीहरूले जवाफ दिए कि हामी मूर्तिहरूको पूजा गर्दछौं र उनीहरूको सेवामा लागिरहने छौं ।

:72

७२) (इब्राहीमले) भनेः कि, जब तिमी उनीहरूलाई पुकार्दछौ, त के उनीहरूले तिम्रो सुन्दछन् ?

:73

७३) वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन् ?

:74

७४) उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं ।

:75

७५) (इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।

:76

७६) तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।

:77

७७) उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको स्वामी हो ।

:78

७८) जसले मलाई सृष्टि गर्यो र उसैले मलाई मार्गदर्शन गर्दछ ।

:79

७९) उही नै हो जसले मलाई खुवाउँछ र पिलाउँछ ।

:80

८०) र जब म विरामी पर्दछु त उसैले मलाई निको पार्छ ।

:81

८१) र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ ।

:82

८२) र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ ।

:83

८३) हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर ।

:84

८४) र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।

:85

८५) र मलाई उपकारहरूले भरिएको जन्नत (स्वर्ग) का उत्तराधिकारीहरूमा शम्मिलित गर ।

:86

८६) र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो ।

:87

८७) र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु ।

:88

८८) जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् ।

:89

८९) तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय लिई जानेछ ।

:90

९०) र जन्नत संयमीहरूको एकदम समीपमा ल्याइनेछ ।

:91

९१) र मार्ग विचलितहरूको लागि नर्क अगाडि ल्याइनेछ ।

:92

९२) र उनीहरूसित सोधिनेछः कि जसलाई तिमी पूज्दथ्यो, उनीहरू कहाँ छन् ?

:93

९३) अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता गर्नसक्दछन् ? वा कुनै बदला लिन सक्दछन् ?

:94

९४) अनि तिनीहरू र सबै मार्गविचलितहरू टाउको निहुर्याई नर्कमा हालिनेछन् ।

:95

९५) र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) ।

:96

९६) (त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् ।

:97

९७) किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’

:98

९८) जबकि हामीले तिमीलाई ब्रह्माण्डको पालनकर्ता अल्लाह बराबर ठान्दथ्यौं ।

:99

९९) र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् ।

:100

१००) अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन ।

:101

१०१) र न कोही घनिष्ट मित्र छ ।

:102

१०२) कति राम्रो हुने थियो, यदि हामीलाई (संसारमा) पुनः एक पटक जानमिल्ने भए, त हामी पक्का र सच्चा मोमिनहरूमध्येका भैहाल्थ्यौं ।

:103

१०३) यस घटनामा निश्चय नै एउटा ठूलो निशानी छ तैपनि उनीहरूमध्ये धेरैजसोले ईमान ल्याउने छैनन् ।

:104

१०४) र निःसन्देह तपाईको पालनकर्ता नै अधिपत्यशाली अत्यन्त दयावान छ ।

:105

१०५) नूहको जातिबन्धुले पनि रसूलहरूलाई झूठा भने ।

:106

१०६) जब कि उनीहरूसित उनका भाइ नूहले भनेः कि के तिमीलाई अल्लाहको डर छैन ?

:107

१०७) सुन म तिम्रो लागि अल्लाहको विश्वासनिय संदेष्टा हूँ ।

:108

१०८) तसर्थ तिमीहरूले अल्लाहसित डर मान्नु र मेरो भनाई मान्नु ।

:109

१०९) म यस कामको निम्ति तिमीबाट कुनै पारिश्रमिक माग्दिन । मेरो पारिश्रमिक त सम्पूर्ण संसारको पालनकर्ताको जिम्मामा छ ।

:110

११०) अनि अल्लाहको भयराख र मेरा आदेश पालनगर ।

:111

१११) उनीहरूले भनेः कि के हामी तिम्रो भनाई मानौं जबकि तिमीलाई मान्नेहरू अत्यन्तै नीच हुन् ।

:112

११२) (नूहले) भनेः कि मलाई के थाहा कि उनीहरू पहिला के गर्दै आएका थिए ?

:113

११३) उनीहरूको हिसाब त मेरो पालनकर्ताको जिम्मामा छ यदि तिमीमा चेतना आइदिए कति राम्रो हुने थियो ।

:114

११४) र म मोमिनहरूलाई धपाउनेवाला होइन ।

:115

११५) म त स्पष्टरूपले सचेत गर्नेवाला मात्र हूँ ।

:116

११६) उनीहरूले भने कि हे ‘‘नूह’’ यदि तिमीले (आफ्नो यस कुराबाट) पछि हटेनौ भने तिमी ढुंगा हानी मारिनेमध्येका हुनेछौ ।

:117

११७) (नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त मलाई असत्य भनिदियो ।

:118

११८) तसर्थ तिमीले मेरो र उनीहरूको बीचमा कुनै स्पष्ट निर्णय गरिदेऊ र मलाई र जुन मोमिन मेरो साथमा छन्, उनीहरूलाई बचाइहाल ।

:119

११९) अतः हामीले उनलाई र उनका साथीहरूलाई भरेको डुङ्गामा सवार गराएर बचाइहाल्यौं ।

:120

१२०) तत्पश्चात शेष सबै मानिसहरूलाई हामीले डुबाइदियौं ।

:121

१२१) निःसन्देह यसमा ठूलो निशानी छ । तापनि यिनीहरूमध्ये अधिकतर ईमान ल्याउनेवाला थिएनन् ।

:122

१२२) र निःसन्देह तिम्रो रब सर्वशक्ति सम्पन्न (र) अत्यन्त दयावान छ ।

:123

१२३) आदको समुदायले पनि संदेष्टाहरूलाई झूठा भने ।

:124

१२४) जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ ?

:125

१२५) म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।

:126

१२६) तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।

:127

१२७) र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।

:128

१२८) के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ ?

:129

१२९) र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं बसिरहनुछ ।

:130

१३०) र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।

:131

१३१) त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।

:132

१३२) र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ ।

:133

१३३) उसले तिमीलाई पशु र सन्तानहरूबाट मद्दत गर्यो ।

:134

१३४) र बगैंचाहरूबाट र श्रोतहरूबाट ।

:135

१३५) मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।

:136

१३६) उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।

:137

१३७) यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।

:138

१३८) र हामीलाई कहिले पनि यातना दिइनेछैन ।

:139

१३९) उनीहरूले ‘‘हूदलाई’’ असत्य भने, त हामीले उनीहरूलाई नष्ट गरिहाल्यौं । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।

:140

१४०) निःसंदेह तपाईको पालनकर्ता उही हो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान ।

:141

१४१) समूदको समुदायले पनि रसूलहरूलाई असत्य भने ।

:142

१४२) (जबकि) उनीसित उनको भाइ ‘‘सालेहले’’ भने कि तिमीहरू अल्लाहसँग डराउँदैनौ ?

:143

१४३) निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ ।

:144

१४४) अतः तिमी अल्लाहसित डर र मेरो कुरा मान ।

:145

१४५) (र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन । मेरो प्रतिफल त सम्पूर्ण जगतको स्वामीको जिम्मामा छ ।

:146

१४६) के जुन कुराहरू यहाँ उपलब्ध छन्, त्यसमा तिमी निश्चिंत छोडिदिइनेछौ ?

:147

१४७) (अर्थात) बगैंचा र श्रोतहरूमा ।

:148

१४८) र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र कोमल हुन्छन् ।

:149

१४९) र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ ।

:150

१५०) तसर्थ अल्लाहसित डर र मैले भनेको मान ।

:151

१५१) र सीमाउल्लघंन गर्नेहरूको कुरा नमान ।

:152

१५२) जो देशमा दंगा फसाद मचाउँछन् र सुधार गर्दैनन् ।

:153

१५३) उनीहरूले भने कि तिमी त जादूले मोहित पारिएकामध्येबाट हौ ।

:154

१५४) तिमी त हामी जस्तै मानिस हौ । यदि तिमी साँचो हौ भने कुनै चमत्कार प्रस्तुत गर ।

:155

१५५) (सालेहले) भने (हेर) यो ऊँटनी हो, एक दिन यसको पानी पिउने पालो हो, र एक निश्चित दिन पानी लिने पालो तिम्रो हो ।

:156

१५६) खबरदार यसलाई कुनै कष्ट नपुर्याउनु, अन्यथा तिमीलाई एकबडो दिनको यातनाले समात्ने छ ।

:157

१५७) तैपनि उनीहरूले त्यसको घुँडा काटिदिए, अनि पछि लज्जित भए ।

:158

१५८) तसर्थ उनलाई यातनाले समातिहाल्यो । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।

:159

१५९) र निःसंदेह तपाईको पालनकर्ता सर्वशक्ति सम्पन्न र अत्यन्त दयावान छ ।

:160

१६०) ‘‘लूतको’’ जातिबन्धुले पनि रसूलहरूलाई असत्य भने ।

:161

१६१) (जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन डराउँदैनौ ?

:162

१६२) निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।

:163

१६३) तसर्थ तिमी अल्लाहसित डर र मेरो भनाई मान ।

:164

१६४) र म तिमीसित यसको प्रतिफल माँग्दिन । मेरो प्रतिफल त विश्वको पालनकर्ताको जिम्मामा छ ।

:165

१६५) के संसारमा तिमी यस्ता हौ जो पुरुषसंग व्यभिचार (गुदामैथुन) गर्दछौ ?

:166

१६६) र तिम्रो पालनकर्ताले तिम्रो निम्ति जुन महिलाहरूलाई तिम्रो पत्नीहरू बनाएको छ, उनीहरूलाई परित्याग गरिदिन्छौ । सत्य कुरा त यो हो कि तिमी सीमाउल्लघंन गर्नेवालाहरू नै हौ ।

:167

१६७) उनीहरूले जवाफ दिए कि हे ‘‘लूत’’! यदि तिमी मान्ने छैनौ भने देश निकाला गरिनेछौ ।

:168

१६८) उनले भने कि म तिमीहरूको कामबाट अत्यन्त अप्रसन्न छु ।

:169

१६९) हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन काम यिनीहरूले गर्दछन्, त्यसको परिणामबाट बचाऊ ।

:170

१७०) तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।

:171

१७१) तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।

:172

१७२) त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।

:173

१७३) र हामीले उनीहरूमाथि एउटा विशेष प्रकारको वर्षा गरायौं, जुन वर्षा अत्यन्त नराम्रो थियो र ती चेताइएका मानिसहरूमाथि पर्यो ।

:174

१७४) यो घटना पनि पूरै निशानी छ र उनीहरूमध्ये पनि अधिकांश ईमान ल्याउनेवाला थिएनन् ।

:175

१७५) र निःसंन्देह तिम्रो पालनकर्ता उही हो अधिपत्यशाली र अत्यन्त दयावान

:176

१७६) ‘‘एैकाः’’ वालाले (वनमा बस्नेहरूले) पनि रसूलहरूलाई झूठा भने ।

:177

१७७) जब कि उनीसित ‘‘शुऐबले’’ भनेः कि तिमी किन डराउँदैनौ ।

:178

१७८) निःसंन्देह म त तिम्रो लागि विश्वसनीय पैगम्बर हूँ ।

:179

१७९) तसर्थ अल्लाहसित डर र मेरो भनाई मान ।

:180

१८०) र म यस (काम) को तिमीसित कुनै प्रतिफल माँग्दिन । मेरो प्रतिफल त संसारको पालनकर्ताको जिम्मामा छ ।

:181

१८१) (हेर) नापतौल पूरा गर्नेगर र कम दिनेहरूमा शम्मिलित नहोऊ ।

:182

१८२) र तराजु सिधा पारेर ठीक ढंगले तौल्नेगर ।

:183

१८३) र मानिसहरूलाई उनका चीजहरू कम पारेर नदेऊ र धरतीमा उत्पात मच्चाउँदै नहिंड ।

:184

१८४) उस अल्लाहसित डराऊ जसले तिमीलाई र अघिका पुस्ताहरूलाई सृष्टि गरेको हो ।

:185

१८५) उनीहरूले भनेः कि तिमी त जादू गरिएकाहरूमध्येका हौ ।

:186

१८६) र तिमी त हामी जस्तै एउटा मानिस हौ र हाम्रो विचारमा तिमी झूठो हौ ।

:187

१८७) यदि तिमी साँचो हौ भने हामीमाथि आकाशको (एउटा) टुक्रा खसाल ।

:188

१८८) (शुऐबले) भने कि, जुन काम तिमीले गर्दछौ, मेरो पालनकर्ता त्यसलाई राम्ररी जान्दछ ।

:189

१८९) किन भने उनीहरू उनलाई झूठा भनिहाले । त्यसकारण छायाँवाला दिनको यातनाले उनीहरूलाई समातिहाल्यो । निश्चय नै त्यो ठूलो (दिनको) यातना थियो ।

:190

१९०) निःसन्देह यसमा ठूलो निशानी छ तर यिनीहरूमध्ये धेरै ईमानवाला थिएनन् ।

:191

१९१) र निश्चय नै तिम्रो पालनकर्ता त उही हो अधिपत्यशाली र अत्यन्त दयावाला ।

:192

१९२) र कुनै शंका र संदेह बिना यो (कुरआन) संसारको पालनहारद्वारा उतारिएको हो ।

:193

१९३) यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।

:194

१९४) तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।

:195

१९५) (र) स्पष्ट अरबी भाषामा छ ।

:196

१९६) र यस किताबको चर्चा अगाडिका संदेष्टाहरूको किताबमा पनि गरिएको छ ।

:197

१९७) के उनीहरूको लागि यो निशानी पर्याप्त छैन, कि कुरआनको सच्चाईलाई इज्राईलका विद्वानहरू पनि जान्दछन् ।

:198

१९८) र यदि हामीले यसलाई अरबी भाषा बाहेक अरु कुनै भाषाभाषीमाथि अवतरण गरेको भए ।

:199

१९९) र उसले यिनीहरूलाई त्यो पढेर सुनाउँदा यिनीहरूले यसलाई मान्दैनथे ।

:200

२००) यसै प्रकार हामीले अपराधीहरूका हृदयमा त्यस इन्कारीलाई बसालिदियौं ।

:201

२०१) र उनीहरूले जबसम्म कष्टदायी यातना देख्दैनन् ईमान ल्याउने छैनन् ।

:202

२०२) त्यो कष्ट उनीहरूमाथि एक्कासी आइपर्नेछ र उनीहरूलाई थाहा पनि हुनेछैन ।

:203

२०३) त्यो बेला भन्नेछन्ः के हामीले केही मोहलत पाउनेछौं ?

:204

२०४) त के उनीहरूले हाम्रो यातनालाई शीघ्र चाहिराखेका छन् ?

:205

२०५) अच्छा, यो पनि बताऊ कि यदि हामीले उनीहरूलाई वर्षौसम्म फाइदा उठाउन दियौं ।

:206

२०६) तै पनि उनीमाथि त्यो यातना आइपुग्यो, जसको बारेमा उनीहरूलाई वाचा गरिन्थ्यो ।

:207

२०७) तसर्थ जुन फाइदा यिनीहरूले लिइराखेका थिए, उनीहरूलाई केही काम आउनेछैन ?

:208

२०८) र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान गर्नेवालाहरू पठाउने गरेका थियौं ।

:209

२०९) सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।

:210

२१०) यस कुरआनलाई शैतानहरूले लिएर अवतरित भएका होइनन् ।

:211

२११) उनीहरू न यसकामको लागि योग्य छन् र न उनीहरू यसको क्षमता राख्दछन् ।

:212

२१२) बरु उनीहरू त यसलाई सुन्नेबाट पनि बञ्चित गरिएका छन् ।

:213

२१३) तसर्थ तिमीले अल्लाह बाहेक कुनै अरु पूज्यलाई नपुर्कानु, अन्यथा तिमी पनि यातना पाउनेमध्येका हुनेछौ ।

:214

२१४) र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।

:215

२१५) ईमान ल्याएर तपाईको अनुयायी भइसकेकाहरूसित नम्रतापुर्वक व्यवहार गर्नु ।

:216

२१६) यदि यी मानिसहरूले तपाईको अवज्ञा गर्दछन् भने भनिदिनुस् कि मेरो तिम्रो कर्महरूसित कुनै सरोकार छैन ।

:217

२१७) आफ्नो सम्पर्ण भरोसा सर्वशक्ति सम्पन्न (र) दयावान अल्लाहमाथि गर ।

:218

२१८) जसले तिमीलाई देखिरहन्छ (तहज्जुदको बेला) जब तिमी उठ्दछौ ।

:219

२१९) र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।

:220

२२०) ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।

:221

२२१) के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन् ?

:222

२२२) तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।

:223

२२३) जसले सुनेको कुरा भन्छन् र उनीहरूमध्ये अधिकांश झूठा छन् ।

:224

२२४) कविहरूको अनुशरण त मार्गविचलित मानिसहरूले नै गर्ने गर्दछन् ।

:225

२२५) के तपाईले देख्नु भएन कि उनीहरू हरेक क्षेत्रमा बहकिरहन्छन् ।

:226

२२६) र उनीहरू भन्दछन् त्यो कुरा, जुन गर्दैनन् ।

:227

२२७) ती मानिसहरू बाहेक जसले ईमान ल्याए र असल काम गरे र अल्लाहलाई धेरै स्मरण गरे । र आफूमाथि अत्याचार भएपछि प्रतिकार गरे, अत्याचारीहरूले शीघ्र नै थाहा पाउनेछन् कि कतातिर फर्कनु पर्नेछ ।