109 - The Disbelievers - Al-Kāfirūn
:1
१) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू !
:2
२) जुनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं ।
:3
३) र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ ।
:4
४) र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन।
:5
५) र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु ।
:6
६) तिम्रो निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म ।